Aadarsh-Daily

पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद

ad-4p

पर्सा । रामनिवास पटेल । पर्साको पर्सागढी नगरपालिकाबाट ४ थाल सालको गोलिया बरामद गरेको छ । नगरपालिकाको वडा नम्बर ३ झाब्राहास्थित आमोदेबि मन्दिर प्राङ्गणबाट ४ थान सालको गोलिया बरामद गरेको हो ।

content ad p2
content left

लुकाई छिपाई राखिएको अवस्थामा ४ थान सालको गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ । काठ तस्करहरुले रातको समयमा सबैया साझेदारी वन क्षेत्रबाट कटान गरि राखेको सूचना प्रहरीलाई आएको थियो ।

सोही सूचनाको आधारमा वडनिहार प्रहरी चौकीका ईन्चार्ज हरेराम प्रसाद कुर्मीको कमाण्डमा खटिएको टोलीले उक्त काठ बरामद गरेको हो । बरामद काठ बडनिहार प्रहरी चौकीमा राखिएको र तस्करको खोजी कार्य भइरहेको बडनिहार प्रहरी चौकिका ईन्चार्ज हरेराम प्रसाद कुर्मीले जनाए ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily