Aadarsh-Daily

प्रदेश सरकारको अस्थिरताले मधेसमा १० महिनामा १५.९६ प्रतिशत बजेट मात्र खर्च

ad-4p

धनुषा । सत्ता गठबन्धनमा फेरबदल र प्रशासनिक नेतृत्व पनि बदलिइराख्दा मधेस प्रदेशमा आर्थक वर्ष २०८०/०८१ को १० महिनामा करिब  १५.९६ प्रतिशत मात्र बजेट खर्च भएको छ । मन्त्रालयहरुमा सचिव र कर्मचारी समेत पर्याप्त नहुँदा प्रदेश सरकारको बजेट खर्च प्रभावित बनेको हो ।

content ad p2

वैशाख २१ गते शुक्रबारसम्म मधेस प्रदेशमा कुल बजेटको १५.९६ प्रतिशत मात्र खर्च भएको पाइएको छ । चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार बजेटमध्ये ३ अर्ब ९९ करोड ७१ लख ७८ हजार ७२२ रुपैयाँ अर्थात २१.५५ प्रतिशत र पुँजीगततर्फको २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार मध्ये ३ अर्ब ४ करोड ४६ लाख १४ हजार ७०५ रुपैयाँ अर्थात ११.९० प्रतिशत गरी कुल १५.९६ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय मधेस प्रदेशका लेखा अधिकृत मनोज कुमार झाले बताए ।

content left

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकार १२ पटक विस्तार भइसक्यो भयो । मन्त्रालय, मन्त्री बढेपनि सरकारको कार्यशैली र बजेट कार्यन्वनमा कुनै बदलाव भएको छैन । आर्थिक वर्षको अन्तिम समयमा योजना वितरण, बजेट रकमान्तर गरी काम गर्दा समयमा भुक्तानी नहुने समस्या मधेशमा बढदै गएको छ ।

मधेस प्रदेशमा मुख्यमन्त्री र प्रमुख सचिवको तालमेलमा पनि बेला बेलामा समस्या आउने गरेको छ । मन्त्री र सचिवहरुको समन्वय पनि कमजोर रहेको अधिकारीहरू बताउँछन् । आर्थिक वर्षको २ महिना मात्रै बाँकी रहदा यहाँका केही मन्त्रालायहरु सचिवबिहीन भएकाले निमित्तको भरमा चलेका छन् । केही बिदामा बसेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयसहित १२ मन्त्रालय रहेको मधेस प्रदेशमा ४ मन्त्रालय निमित सचिवको भरमा चलेका छन् । श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेल १० दिनको लामो बिदा छन् । अर्थ मन्त्रालयका सचिव सुवाशचन्द्र शिवाकोटी पनि बिदामा छन् ।

सचिव विहिन रहेको मन्त्रालयहरु खेलकुद तथा समाज कल्याण मन्त्रालयमा चुडामणि फुयाल र शिक्षा तथा संस्कृति मन्त्रालयमा महेन्द्र महतोले निमितको जिम्मेवारी पाएका छन् । उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयमा निमित सुशिल कुमार साह र भौतिक पुर्वाधार विकास मन्त्रालयको सचिव नहुदाँ राजकुमार गोइत निमित सचिव छन् । मन्त्री र मन्त्रालयलाई जानकरी बिना नै कर्मचारीको सरुवा हुदा ५० प्रतिशत बजेट पनि कार्यन्वयन गर्न चुनौती रहेको भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले बताए । आर्थिक वर्षको अन्तिम समयमा जोडबल गरी बजेट खर्च गर्दा बजेट दुरुपयोग हुने संभावना रहने उनले बताए ।

’मन्त्रालयका योजनाहरु भद्रगोल अवस्थामा रहेको र आर्थिक वर्षको अन्तिम समयमा अचानक सचिवको सरुवा हुदा कसरी काम अगाडी बढ्छ,’ मन्त्री यादवले भने,‘मन्त्रालयका कर्मचारीहरु पनि मन्त्रीप्रति सकारात्मक छैनन् । कर्मचारीको सरुवा मुख्यमन्त्री कार्यालय र सचिवको सरुवा संघिय सरकारबाट हुने हुँदा उनीहरु मन्त्रीप्रति उतरदायी बन्न चाहदैनन् । कर्मचारी, मन्त्री र सरकारबीच समन्वय नहुँदा बजेट खर्च प्रभावित भएको छ ।’ प्रदेशको भविष्य विकास निर्माण, बजेट खर्च र मन्त्रीहरुको गतिविधिले मजबुत हुने हो’, उनले भने । सन्तोष सिंह/ईकान्तिपुर

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily