Aadarsh-Daily

एमाले अध्यक्ष ओलीलाई सखुवाप्रसाैनीमा ५२ किलाेकाे मालाले गरियाे स्वागत

ad-4p

वीरगन्ज । पर्साकाे सखुवा प्रसाैनी गाँउपालिकामा शुक्रबार नेकपा एमालेका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५२किलाेकाे मालाले स्वागत गरिएको छ।

content ad p2
content left

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ ओैराहा पन्चगावास्थित दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको समुद्घाटन गर्न शुक्रबार पुगेका ओलीलाई ५२ किलाेकाे मालाले स्वागत गरिएको हाे।कार्यक्रममा सखुवाप्रसाैनी गाँउपालिकका अध्यक्ष यशवन्त यादवले अध्यक्ष ओलीलाई ५२ किलाेकाे माला लगाएर स्वागत गरेका हुन् ।

शिक्षा विज्ञान तथा मानव स्रोत विकास केन्द्र काठमाडौको आर्थिक सहयोगमा प्राप्त १ करोड ८५ लाखको लागतमा ३२ वटा काेठा रहेकाे तीन तल्ले छात्रावास निर्माण गरिएको हाे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर महत्ताेको अध्यक्षतामा भएकाे कार्यक्रममा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार विकास मन्त्री रघुवीर माहासेठ,कृषि मन्त्री ज्वाला साह,प्रदेश सरकारका शिक्षामन्त्री प्रमाेद जयसवाल, संघीय सांसद राजकुमार गुप्ता र प्रभु हजरा,,गाँउपालिकाकी उपाध्यक्ष शर्मिला बिष्ट महतो,नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोज गुप्ता,पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान,सखुवाप्रसौनी गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियार,प्रधानाध्यापक शिवनाथ चौधरी लगायतकोपनि सहभागीता थियाे।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily