Aadarsh-Daily

आईपीएलकाे उपाधिका लागि आज काेलकाता र हैदराबाद भिड्दै

ad-4p

वीरगन्ज । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट को उपाधीका लागि फाइनलमा आज आइतबार सनराइजर्स हैदराबाद र कोलकाता नाइटराइडर्स भिड्दै छन् । उपाधीका लागि दुई टोलीबीचको फाइनल खेल चेन्नईमा रहेको एमए चिदम्बरम क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

content ad p2
content left

समूह चरणको पहिलो र दोस्रो स्थानमा रहेका दुवै टोलीको यो भेट यस संस्करणको तेस्रो भेट हो । समूह चरणको भेटमा कोलकाता हैदराबादसंग चार रनले विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरमा हैदराबादलाई नै पराजित गरेर कोलकाताले फाइनलमा स्थान बनाएको थियो । पहिलो क्वालिफायरमा हैदराबाद ८ विकेटले पराजित भएको थियो ।

दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गरेर हैदराबादले फाइनल यात्रा तय गरेको हो । आइपीएल इतिहासमा दुवै टोलीले समान ३/३ पटक फाइनल खेलेका छन् । दुवै टोली समान दुई पटक च्याम्पियन भएका छन् । कोलकाता २०१४ मा पछिल्लो पटक च्याम्पियन हुँदा २०१६ मा हैदराबाद च्याम्पियन भएको थियो ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily