Aadarsh-Daily

महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले ४ दिन सडकमा ‘ड्युटी’ गर्नु पर्दैन : गृहमन्त्री

ad-4p

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको बेला महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्नु नपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।

content ad p2
content left

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास भन्दै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनुभएको हो । महिनावारी हुँदा सडकमा महिला ट्राफिक नखटिने बरु यसको साटो जाँड–रक्सी खाएर ट्राफिक नियम उल्लङ्घन गर्नेहरूले स्वयंसेवकको रूपमा सडकमा सघाउने भएका छन् ।

गृहमन्त्री लामिछानेले लेख्नुभएको छ, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लङ्घन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ ।’

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily