
वीरगञ्ज । आज विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जमा पनि विभिन्न कार्यक्रम गरि वीरगञ्जको जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले मनाएका छन् । जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले वीरगञ्जको घण्टाघरबाट विश्व वातावरण दिवसको अवसरमा नगर परिक्रमा गरि घण्टाघरमा आएर वातावरण संरक्षणका लागि सडक नाटर गरेका हुन ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ नारासाथ अर्थात् पृथ्वीलाई स्वच्छ राख्दा नै सबैको भविष्य सुरक्षित हुन्छ भन्ने सन्देश सहित जिएचपी माद्यामिक विद्यालयका विद्यार्थीहरुले वीरगञ्जको घण्टाघर सडक नाटक गरेका हुन् ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दिवसका अवसरमा सन्देश दिँदै भनेका छन्, “मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।”
साथै तिनीहरूले जङ्गल र घाँसे मैदान विनाश गर्दै पारिस्थितिक प्रणाली, कृषि र समुदायमा समेत गम्भीर असर पारेको उनको भनाइ छ । देशहरूले वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा उनले जोड दिएका छन् । दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि महासचिवले सुझाएका छन् । वातावरण संरक्षणका लागि नेपालमा वन तथा वातावरण मन्त्रालय र मातहतमा रहेको वातावरण विभागले विभिन्न पहल गर्दै आए पनि व्यवहारमा लागु हुन नसक्दा अपेक्षित फाइदा पुग्न सकेको छैन ।

