Aadarsh-Daily

लागु ओैषधकाे कुलतबाट जाेगाउन पर्सामा युवायुवती लक्षित अभियान सुरु

ad-4p

पर्सा । पर्साका युवा युवतीहरुलाई लक्षित गर्दै लागु औषध,मानव बेचविखन तथा अपराध नियन्त्रण बारे जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको छ।युवाहरुद्वारा संचालित एलाईड युथ सोसाईटी नामक सामाजिक संस्थाले अधिकांश युवायुवतीहरु लागु ओैषधकाे कुलतको दलदलमा फस्दै गएकोले त्यसैलाई राेक्ने उदेश्यले अभियानकै रुपमा जनचेतनामुलक कार्यक्रम गरिएको संस्थाका अध्यक्ष ओम कुमार झाले बताए ।

content ad p2
content left

जिल्ला प्रशासन कार्यालय पर्सा ,जिल्ला प्रहरी कार्यालय पर्सा,सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्सा,नेशनल ईन्फोटेक कलेज वीरगन्जज र गौतम माविको समन्वयमा एलाईड युथ सोसाईटीले याे अभियान पर्साका सबै पालिकामा सञ्चालन गरिने झाले बताए ।

आजका युवा भोलिका कर्णधार र देशको भविष्य भएपनि हाल अधिकांश युवा लागु औषधको कुलतमा फसेर जिवन बर्बाद गरिरहेकाे तथा विद्यालययरमा भन्दा धेरै सुधार केन्द्र खुल्ने अवस्था आउन सक्ने जोखीमलाई मध्यनजर गर्दै यो कार्यक्रम अभियानको रुपमा शहरदेखी गाउँसम्मका युवा तथा बालबालिका माझ पुर्याउने लक्ष्यका साथ अघि बढाइएको झाले बताए।अभियान अन्तर्गत नै बुधबार वीरगन्जको घण्टाघर चोकमा विधार्थीहरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको उनले जानकारी दिए ।

सम्बन्धित खबर

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily

सदन नबसे पनि मधेश प्रदेश सांसदलाई मासिक लाखौँ तलबभत्ता

Aadarsh Daily