Aadarsh-Daily

नेपाल र श्रीलंकाबीचको खेल बर्षाका कारण रद्द

ad-4p

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा बुधबार बिहान हुने भनिएकाे नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

content ad p2
content left

खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । खेल रद्द हुँदा दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ । नेपाल समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो भने श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

अब समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्ट इन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपालले यही जेष्ठ ३२ गते दक्षिण अफ्रिकासंग र आगामी असार २ गते बंगलादेशसँग खेल्नेछ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily