Aadarsh-Daily

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सो पार्टीको साधारण सदस्यसमेत रहेनन् , सांसद पद जोखिममुक्त

ad-4p

नेपाल समाजवादी पार्टी(नेसपा)का अध्यक्ष महिन्द्र राय यादव अब सो पार्टीको साधारण सदस्यसमेत रहेनन् ।

content ad p2

प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवलाई पार्टीको सदस्यबाट निष्काशन गरिएको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिएको छ । नेसपाका संस्थापक अध्यक्ष रहेका यादवलाई पार्टीको कार्यकारिणी समितिको समेत अधिकार लिएका अध्यक्ष डा.बाबुराम भट्टराईले यादव, प्रदेश सभा सदस्य समेत रहेका उपाध्यक्ष गंगानारायण श्रेष्ठ, पूर्व सांसद एवं महासचिव रमेश यादव लगायतलाई हटाइएको आधारमा निर्वाचन आयोगले पार्टीको कार्यकारिणी समितिलाई अद्यावधिक गरेको छ ।

content left

पार्टीले यादव लगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको नेसपाले आइतवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पार्टीको विधान विपरीतका गतिविधिमा लागेको उनीहरुलाई गत जेठ १२ गते पार्टीबाट हटाउने निर्णय गरेको थियो । सांसद यादवसहित प्रदेश सांसद श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगल े नेसपाको पत्र अनुसार जेठ ३० गते उनीहरुलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको विज्ञप्तिमा जनाइएको छ । नेसपाले पार्टीबाट निष्काशन गरे पनि यादव र श्रेष्ठको सांसद पद जोखिममुक्त रहेको बताइएको छ ।

यादव र श्रेष्ठ माओवादी केन्द्रको छाप लिएर चुनाव लडेका थिए । उनीहरु निर्वाचित भएर माओवादी केन्द्रकै सांसदको रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा क्रियाशील छन् । जनता समाजवादी पार्टी( जसपा)नेपालबाट पार्टी विभाजन गरी डा.भट्टराई, यादव लगायतले नेपाल समाजवादी पार्टी गठन गरेका थिए । तर आम निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्हबाट भाग लिएका थिए । नेसपाबाट हटाइएपछि यादव र श्रेष्ठ स्वतःमाओवादी भएका छन् । यद्यपि माओवादी केन्द्रका उनीहरु सदस्य भने होइन् ।

तर चुनाव चिन्ह लिएर लडेकाले माओवादी केन्द्रको संसदीय दलको सम्पूर्ण नियमकानुनको अधिनमा उनीहरु रहनु पर्नेछ । यस सम्बन्धमा यादवसित गरिएको सम्पर्क प्रयास सफल हुन सकेन् । आमनिर्वाचनमा सो पार्टीका अध्यक्ष यादव सर्लाही २ बाट राजेन्द्र महतोलाई पराजित गरी निर्वाचित भएका थिए । कांग्रेससहितको गठबन्धन सरकारमा उनी खानेपानी मन्त्री बनेका थिए । पछिल्लो पटक यादवले गत हप्ता महोत्तरी जिल्लाको बर्दिबासमा नेसपाको मधेश प्रदेश स्तरीय भेलाको आयोजना गरेका थिए ।

यादव माओवादी पार्टीसित एकीकरण गर्न चाहिरहेका थिए । तर डा.भट्टराईले सम्मानजनक एकता हुनुपर्ने भन्दै टालटुल गरिरहेका थिए । न े क प ा एमालेबाट राजनीति प्रारम्भ गरेका यादव तराई मधेश लोकतान्त्रिक पार्टीको संस्थापक बनेका थिए ।तर त्यसपछि उनी तराई मधेश सदभावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टी, समाजवादी जनता पार्टीमा रहेका थिए ।जसपाबाट छुटिटएपछि उनी नेसपाको अध्यक्ष बनेका थिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily