Aadarsh-Daily

वीरगन्जमा रास्वपाकाे स्थापना दिवस : सबै दलका नेता एउटै मञ्चमा

ad-4p

वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो स्थापना दिवस वीरगन्जमा सबै राजनीतिक दलका नेताहरुलाई सहभागी गराएर मनाइएको छ । शुक्रबार वीरगन्जमा रास्वपाकाे पर्सा जिल्ला कार्यसमितिले चियापान कार्यक्रमको आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै दोस्रो स्थापना दिवस मनाएको हो ।

content ad p2
content left

रास्वपाका जिल्ला सभापति हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाका केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले सुशासनको मूल मन्त्रलाई रास्वपाले आत्मसाथ गरेको बताए । पुराना राजनीतिक दलहरुप्रति नागरिकको निराशा बढ्दै गएको हुँदा रास्वपा अगाडि आएको उनको भनाई छ । उनले रास्वपाका मन्त्रीहरुले जिम्मेवारी लिएका मन्त्रालयहरुमा जनताको काम देखिने गरी भइरहेको दाबी गरे । रास्वपाप्रतिको बढ्दो जनआकर्षण देखेर विपक्षी दलहरु अत्तालिएको उनले बताए ।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री ,प्रदेशसभा सदस्य श्याम पटेल, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा,रास्वपाका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव,जसपा नेपालका जिल्ला अध्यक्ष रामनरेश यादव,संविधान सभा सदस्य अजय द्विवेदी,वीरगन्जका पूर्व मेयर विजय कुमार सरावगी, वीरगन्जका उपमेयर तथा नेपाली कांग्रेस पर्साका सचिव इम्तियाज आलम,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चाैहान,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित खबर

भारत लैजाँदै गरेको ११० किलो गाँजा सिरहामा बरामद

Aadarsh Daily

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily