Aadarsh-Daily

पर्साको सखुवा प्रसौनी गाउँपालिकाको १३ औं गाँउ सभा सम्पन्न

ad-4p
content left

विरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाको १३ औं गाँउ सभा सम्पन्न भएको छ । गाउँ सभाबाट पालिकाले चालु आर्थिक वर्ष २०८१ /८२ का लागि ५८ करोड २९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । सोमबार आयोजित गाँउ सभामा पालिकाका उपाध्यक्ष सर्मिला विष्ट महतोले चालु आर्थिक वर्षका लागि ५८ करोड २६ लाख ५७ हजार ४५६ रुपैयाको बजेट सार्वजनिक गरेका हुन ।

कार्यक्रममा गाँउपालिका अध्यक्ष यशवन्त यादवले चालु आर्थिक वर्षको बजेटमा पालिकाको महत्वपूर्ण कामहरुलाई प्राथमिकतामा राखेर अगाडी बढने बताए । यस वर्षको बजेटले शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि , रोजगारी लगाएतका विषयमा केन्द्रित रहेको यसको साथै दलित , पिछडा वर्ग , शिक्षाबाट वञ्चित रहेका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने, सिपमुलक तालिम प्रदान गर्ने लगायतका जनमुखी कार्यक्रम ल्याईएको बताए । आन्तरिक श्रोत बढाउने लगायतका कार्यक्रममा आफु अग्रसर रहेको गाँउपालिका अध्यक्ष यशवन्त यादवले बताए ।

content ad p2

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादव अध्यक्षतामा सम्पन्न गाँउ सभामा वडाअध्यक्षहरु वासुदेव महतो, मोजामिल अन्सारी, असेश्वर यादवका साथै वडा सदस्य, कार्यपालिका सदस्य, पालिकाका सम्पूर्ण कर्मचारी , सुरक्षाकर्मी, संचारकर्मी लगायत स्थानीयहरुकोे सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily