Aadarsh-Daily

विपतमा परेका पत्रकारहरुको सहयोगका निमित्त वीरगञ्जका ‘पत्रकार कल्याण कोष’ को स्थापना

ad-4p

वीरगञ्ज । वीरगञ्जमा समस्यामा परेका पत्रकारहरुको सहयोगका लागि पत्रकार कल्याण कोष स्थापना गरिएको छ । बुधबार (आज) क्रियाशील पत्रकाहरुको अगुवाहरुको भेलाले पत्रकारहरुका निम्ति कल्याण कोष स्थापना गरेको हो ।

content ad p2

पत्रकारहरुको समस्या समाधान गर्ने हेतुले कोष स्थापना गरिएको बैठकमा सहभागी पत्रकार केसी लामिछनेले बताए । ५० जना पत्रकारहरुको समूहले कोष स्थापना गरेका नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यसमेत रहेका लामिछानेले जनाए ।

content left

कोषमा प्रत्येक पत्रकारले मासिक एक हजारका दरले रुपैँया जम्मा गर्ने नियम बनाइएको छ । कोष खडा गरेको पहिलो दिन २७ हजार रुपैयाँ बचत भएको मधेश प्रदेश पत्रकार महासंघका महासचिव श्याम बन्जाराले बताए । उनका अनुसार पत्रकारहरुको स्वास्थ्य, आर्थिक तथा विपत्मा परेका पत्रकारहरुको सहयोगका हेतुले कोष खडा गरिएको हो ।

आज गठन गरिएको पत्रकार कल्याण कोषमा जुनसुकै पार्टीकासंग विचार राख्ने पत्रकारहरु सदस्य बन्न पाउने नीति राखिएको छ ।

पत्रकारहरुको भेलाले निरञ्जन मिश्रको संयोजकत्वमा कोषको स्थापना गरेको छ । जसको सदस्यहरुमा राजन रौनियार, धनञ्जय मिश्र, मुस्कान श्रेष्ठ, राकेश साह, एस.के. चौरसिया र किरण सत्याल रहेका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily