Aadarsh-Daily

लागु औषध गाँजासहित पर्सागढी -७ का बालेश्वर र देवेन्द्र यादव पक्राउ

ad-4p

वीरगञ्ज । रामनिवास पटेल । पर्सा प्रहरीले लागु औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरी चौकी महुवनबाट खटिएको चेकिङ टोलीले सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ सोलखपुर स्थित महुवन पर्टेवासुगौली सडक खण्डबाट ५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको हो।

content ad p2
content left

प्रहरी टोलीले पर्टेवासुगौलीबाट महुवनतर्फ आउँदै गरेको ना ३८ प १८२५ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गर्दा मोटरसाइकल चालक, पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय बालेश्वर प्रसाद यादवको शरीरमा लुकाएर राखेको २ किलो ५ सय ग्राम गाँजा फेला परेको थियो।

साथै, पछाडि सवार ५५ वर्षीय देवेन्द्र यादवको शरीरमा लुकाएर राखिएको थप २ किलो ५ सय ग्राम गाँजा समेत बरामद गरिएको प्रहरीले जनाएकोछ।बरामद गरिएका लागु औषधसहित पक्राउ परेका दुवैजनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरियामा ल्याइएको छ। पक्राउ परेकाहरूविरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily