Aadarsh-Daily

बहुदरमाईको फुलकवलमा निःशूल्क कान परीक्षण शिविर सम्पन ।

ad-4p
content left

वीरगंज | पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकवलमा आयोजित निःशूल्क कान परीक्षण शिविरमा १९२ जनाले स्वास्थ्य जाँच गराएका छन्। गाउँका नागरिकलाई लक्षित गरी हाम्रो युवा क्लबको आयोजनामा सम्पन्न भएको यस शिविरले ग्रामिण क्षेत्रका नागरिकहरूलाई ठूलो राहत पुर्याएको छ।

क्लबका अध्यक्ष धर्मराज साह तेलीको अध्यक्षतामा सम्पन्न भएको यस शिविरमा रिलिफ सोसाईटी अफ कमर्सको सहयोग र रुंगटा वेलफेयर कान उपचार केन्द्रको समन्वय रहेको थियो। शिविरमा कान विशेषज्ञ सन्दिप जैसवाल र हरिशंकर साहलगायतका स्वास्थ्यकर्मीले नागरिकहरूको कानको जाँच गरेका थिए। साथै, आवश्यकता अनुसार निःशूल्क औषधी पनि वितरण गरिएको थियो।

वडा नम्बर ७ का वडाअध्यक्ष बिरेन्द्र साह तेलीले यस शिविरले ग्रामिण क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गरेको बताउनुभयो। उहाँका अनुसार, हाम्रो युवा क्लबले समाजमा पुर्याएको योगदानलाई निरन्तरता दिन आवश्यक छ। युवाहरू सामाजिक संघ-संस्थामा सक्रिय भएर समाज सेवामा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

शिविरमा सहभागीहरूले पनि स्वास्थ्य सेवाको पहुँच कम रहेको क्षेत्रमा यस्ता निःशूल्क शिविरहरूले महत्वपूर्ण भूमिका खेल्ने बताए। गाउँका वृद्ध-वृद्धादेखि बच्चाहरूले समेत यस शिविरमा सहभागिता जनाएका थिए। समाजमा यस्ता कार्यक्रमहरूको आयोजना निरन्तर हुनु आवश्यक रहेको सहभागीहरूले बताउनुभयो।

यस शिविरले ग्रामीण बस्तीमा स्वास्थ्य सेवाको अभावलाई केही मात्रामा भए पनि पूर्ति गरेको महसुस भएको छ। हाम्रो युवा क्लबले आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमहरू आयोजना गर्ने योजना बनाएको क्लबका अध्यक्ष धर्मराज साह तेलीले जानकारी दिनुभयो।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily