Aadarsh-Daily

जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता छ : मन्त्री यादव

ad-4p

काठमाडौँ, १९ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउनु भएको छ ।

content ad p2

एसियाली विकास बैंक (एडिबी) द्वारा आज यहाँ आयोजित ‘हिन्दुकुश हिमालयमा निर्माण गरिने संरचनाहरूलाई कसरी जलवायु अनुकूलन बनाउन सकिन्छ विषयक कार्यशाला’ मा बोल्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री यादवले जलवायु परिवर्तनका चुनौतीहरू र त्यससँग जुध्नका लागि जलवायु अनुकूलित पूर्वाधारहरूको विकासको आवश्यकता रहेको बताउनु हुँदै हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिने समस्याहरूलाई समेटेर एसियाली विकास बैंक (एडिबी) ले गरेको अध्ययनको महत्त्वपूर्ण योगदानको प्रशंसा गर्नुभयो ।

उहाँले भन्नुभयो, “एडिबीले खानेपानी मन्त्रालयका लागि निरन्तर रूपमा अगाडि बढेर सहयोग गरिरहेको छ, मेलम्चीको मुहान विसं २०७८ सालमा बाढी पहिरोले क्षति भयो, एडिबीले उक्त क्षतिको बारेमा अगाडि बढेर सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रति म सहित सिङ्गो मन्त्रालयको टिम धन्यवाद दिन चाहन्छु ।”

content left

यसै गरी मन्त्री यादवले सन् २०२१ मा मेलम्चीमा आएको बाढी र थिङ्बो हिमताल फुटेर आएको बाढीका कारण खुम्बु क्षेत्रमा पुगेको विनाशलाई उद्धृत गर्नु हुँदै जलवायु परिवर्तनका सम्भावित जोखिमहरूसँग जुध्न नयाँ दृष्टिकोणबाट विकास योजना निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

मन्त्री यादवले जलवायु अनुकूलित पूर्वाधार विकासका लागि बहु–जोखिम मूल्याङ्कन, पूर्व सूचना प्रणाली, विपद् जोखिम न्यूनीकरणको लागि वित्त व्यवस्थापन र क्षेत्रीय सहयोगको महत्त्वलाई पनि जोड दिनुभयो । उहाँले एडिबीलाई नेपाल सरकारको भरपर्दो साझेदारको रूपमा सराहना गर्दै आगामी दिनमा साझेदारी अझ सुदृढ हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा भुटान सरकारका प्रतिनिधि गोविन्द शर्मा, नेपालका विभिन्न मन्त्रालय तथा विकास साझेदारका प्रमुखहरू, विज्ञहरू र प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यशालाले नेपालमा जलवायु परिवर्तन अनुकूलन तथा जोखिम न्यूनीकरणमा आधारित पूर्वाधार विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily