Aadarsh-Daily

पर्सामा शारीरिक सुगठन तथा फिटनेस संघ गठन गरिने

ad-4p

वीरगञ्ज । पर्सामा शारीरिक सुगठन तथा फिटनेस संघ पर्सा गठन गरिने भएको छ । गहवामाई मन्दिरको अतिथि सदनमा शारीरिक सुगठन तथा फिटनेस सेन्टर संचालकहरुको भेला यस विषयमा छलफल गरेको हो ।

content ad p2
content left

२० जना संचालकहरुको उपस्थिति रहेको बैठकमा पर्सा जिल्लामा शारीरिक सुगठन र फिटनेसको विकासलाई अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो ।

वैठकमा संघ गठनको खाका तयार पार्ने, क्षेत्रीय स्तरमा फिटनेस कार्यक्रमहरु सञ्चालन गर्ने र युवाहरुलाई यस क्षेत्रमा संलग्न गराउने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको पब्लिक फिटनेस सेन्टरका संचालक करन यादवले जानकारी दिए ।

संगठनले पर्सा जिल्लामा शारीरिक सुगठन तथा फिटनेस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउने योजना समेत बनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily