Aadarsh-Daily

अखिल क्रान्तिकारीको केन्द्रीय सचिवमा अहमद निर्विरोध निर्वाचित

ad-4p

अखिल ( क्रान्तिकारी ) को २३ औँ राष्ट्रिय सम्मेलनमा मुस्लिमतर्फ केन्द्रीय सदस्यमा वीरगंजका मिरोज अहमद निर्विरोध निर्वाचित हुनुभएको छ ।

content ad p2
content left

मुस्लिमबाटै उक्त पदमा दुई जनाको उम्मेदवारी थियो तर दाबि बिरोध परेपछि मिरोज अहमद निर्विरोध निर्वाचित हुनुभएको हो ।

निर्वाचित मिरोजले शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । विद्यार्थीको हकहित, शिक्षामा सुधार र प्रविधिसँगको समायोजनमा विशेष जोड दिने उहाँको भनाइ छ ।

विद्यार्थीहरूको अधिकारका लागि निरन्तर संघर्ष गर्दै शिक्षालाई प्रविधिसँग जोड्ने र गुणस्तरिय शिक्षाको पहुँच सुनिश्चित गर्ने आफ्नो मुख्य एजेण्डा रहेको समेत उहाँले बताउनुभयो ।
मिरोज अहमद यसअघि संगठनको केन्द्रिय सदस्यको भूमिकामा हुनुहुन्थ्यो ।

सम्बन्धित खबर

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily

पत्रपत्रिका प्रकाशनमा सप्तरी अगाडि, पर्सा दोस्रो

Aadarsh Daily

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily