Aadarsh-Daily

क्यानडा र जापान पठाइदिने भन्दै ठगी गर्ने पर्साका एकजनासहित दुईजना पक्राउ

ad-4p

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा क्यानडा र जापान पठाइदिने भन्दै २७ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

content ad p2
content left

पक्राउ पर्नेहरूमा पर्साको पर्सागढी नगरपालिका–३ घर भई काठमाण्डौ महानगरपालिका–३२ बस्नै ३९ वर्षका शारदा कार्की र गुल्मीको सत्यवती गाउँपालिका–१ घर भई काठमाण्डौ महानगरपालिका–८ बस्ने ३० वर्षका रविन श्रेष्ठ रहेका छन् ।

शारदाले क्यानडा पठाइदिने भन्दै ५ जनाबाट ६ लाख ८५ हजार ५ सय र रविनले जापान पठाइदिने भन्दै १ जनाबाट २० लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूलाई काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily