
प्रेस सेन्टरको २१ औँ स्थपना दिवसको अवसरमा प्रेस सेन्टर पर्साले आज वीरगंजमा प्रभातफेरी निकाल्नुको साथै रक्तदान कार्यक्रमको समेत आयोजना गरी मनाएको छ । प्रेस सेन्टर पर्साका अध्यक्ष शिवनाथ यादवको अध्यक्षतामा वीरगंजको घण्टाघर चोकबाट सुरु भएको प्रभातफेरी नगर परिक्रमा गर्दै पुनः घण्टाघर चोकमै आएर सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल , प्रदेश सचिव दिपक गौतम , प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिथाकोटे मगर , पत्रकार महासंघ पर्साका सचिव विजय चौहान र प्रेस सेन्टर पर्साका अन्य सदस्यहरुको उपस्थिती थियो ।
यसैगरी स्थापना दिवस कै अवसरमा प्रेस सेन्टर पर्साले आकास्मिक रक्तदान कार्यक्रम समेत सम्पन्न गएको छ । प्रेस सेन्टर पर्साले आयोजना गरेको आकास्मिक रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राबिधिक प्रमुख सौरभराज पाण्डेले जनाउनुभयो ।
विसं २०६१ माघ १५ मा स्थापना भएको माओवादी निकट पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले स्थापना दिवस देशव्यापी रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी पर्साका निबर्तमान अध्यक्ष एवम पत्रकार महासंघ मधेश प्रदेशका सचिव दिपक गौतमले जानकारी दिनुभयो ।

