Aadarsh-Daily

कुम्भमेलाबाट आउदो गरेको जीप दुर्घटनामा परि पाँच जना नेपालीको मृत्यु

ad-4p

भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलाबाट फर्किरहेका पाँच जना नेपालीको दुर्घटनामा परी ज्यान गएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका नेपाली नागरिक चढेको जीप हिजो दिउँसो महोत्तरीसँग जोडिएको भारतको मधुवनीमा दुर्घटनामा परेको हो ।

content ad p2
content left

ज्यान गुमाउनेमा महोत्तरीको जलेश्वर नगरपालिका–७ का ६० वर्षीय बालकृष्ण झा, उहाँकी पत्नी ५० वर्षीया इन्दु देवी, महोत्तरीकै मनरासिश्वा नगरपालिका–२ बस्ने ५० वर्षीया मनतारन देवी र धनुषाको गङ्गुली बस्ने ३० वर्षीया अर्चना झा छन् । ज्यान गुमाएका चालकको पहिचान खुलेको छैन ।

दुर्घटनामा ३० वर्षीय मनोहर ठाकुर, २५ वर्षीया कामिनी झा, ५० वर्षीय जगतारण देवी रसात वर्षीया सृष्टि झा गम्भीर घाइते भएका छन् । उनीहरुको मुजफ्फपुरमै उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily