Aadarsh-Daily

सप्तरीमा सात सय २६ केजी लागु औषध बरामद

ad-4p

सप्तरी प्रहरीले भारी मात्रामा लागु औषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार पत्रकार सम्मेलनमार्फत सात सय २६ किलो लागु औषध गाँजा बरामद भएको जानकारी दिएको हो ।

content ad p2
content left

जिल्लाको बोदेबर्साइन नगरपालिका ३ स्थितबाट सात सय २६ किलो गाँजा बरामद भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्थानबाट प्रहरीले प्र–१–०२–००३ च ५८३४ नम्बरको एउटा स्करपिओ गाडी समेत बरामद गरेको बताउनुभयो ।

स्कारपियोभित्र बोरामा प्याक गरिएको सो परिणामको लागु औषध गाँजा प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सप्तरीमा ल्याइएको बताउनुभयो । प्रहरी उपरीक्षक खतिवडाले बरामद लागु औषध गाँजा कहाँबाट कसरी ल्याइएको भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेकोे बताउनुभयो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily