Aadarsh-Daily

६ महिनामा ७१ खर्ब ९९ अर्ब रूपैयाँभन्दा बढीको डिजिटल कारोबार

ad-4p

प्रविधिको बढ्दो प्रयोगसँगै डिजिटल कारोबारमा आकर्षण बढ्दै गएको छ । स्मार्ट मोबाइल फोन र इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै डिजिटल कारोबार पनि बढेको हो ।

content ad p2

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ७१ खर्ब ९९ अर्ब २९ करोड रूपैयाँ बराबरको डिजिटल कारोबार भएको छ ।

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र नागरिकको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण कारोबार बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

content left

पछिल्लो समय विद्युतीय भुक्तानी सेवा, आईपीएस, कनेक्ट आईपीएस, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट र क्यूआरमार्फतको भुक्तानी तथा प्रयोगकर्ताको सङ्ख्या पनि बढेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

डिजिटल कारोबारसँगै ठगीका घटना पनि बढेकाले सावधानी अपनाउन राष्ट्र बैंकले आग्रह गर्दै आएको छ ।

खासगरी रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर प्रयोग गरी रकम ट्रान्सफर गर्दा त्रुटि हुने घटना बढी देखिएकोले रकम प्रापकको नाम तथा मोबाइल नम्बर ठिक रहे,नरहेको यकिन गर्न राष्ट्र बैंकको आग्रह छ ।

साथै, विद्युतीय कारोबारमा सुरक्षा अपनाउन बलियो पासवर्ड प्रयोग गर्ने, कारोबार गर्दा प्रयोग हुने पासवर्ड, पिन कोड, ओटीपी, टोकन नम्बरजस्ता संवेदनशील वित्तीय जानकारी अरू कसैलाई पनि नदिने तथा ठूलो वित्तीय नोक्सानीबाट बच्न मोबाइल बैंकिङ, डिजिटल वालेट आदिबाट हुने कारोबारमा सीमा तोक्ने बानी बसाल्न राष्ट्र बैंकले सुझाव दिएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily