
जिल्ला प्रहरी कार्यालय बाराले प्रतिबन्धित गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतीय नागरिक ४५ बर्षीय विजय श्रीवास्तव रहेका छन ।

नारायणघाटबाट वीरगंजतर्फ आउदै गरेको ना ६ ख ५३०९ नम्बरको यात्रुवाहक बसलाई पथलैयामा प्रहरीले रोकेर चेकजाँच गर्दा ४ किलो ५ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित श्रीवास्तवलाई पक्राउ गरेको हो ।
उनलाई लागूऔषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानाकरी दिनुभयो ।

