Aadarsh-Daily

वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई

ad-4p

पर्सा – पर्साको वीरगञ्ज सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी भारतीय कम्पनी प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालिले पाएको छ ।

content ad p2

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार आउँदो पाँच वर्षका लागि सुक्खा बन्दरगाह सञ्चालन र व्यवस्थापनका लागि भारतीय कम्पनी चार अर्ब ७१ करोड रुपैयाँ लागतमा छनोट भएको हो ।

content left

समितिका अनुसार सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनका लागि आह्वान गरेको बोलपत्रको प्राविधिक मूल्याङ्कनमा कन्टेनर कर्पाेरेशन अफ इन्डिया लिमिटेड र प्रिस्टिन मेगा लजिष्टिक पार्क प्रालि छनोट भएका थिए । कन्टेनर कर्पाेरेशन अफ इन्डिया प्रालिले चार अर्ब ५१ करोड रुपैयाँको बोलकबोल गरेको थियो ।

छनोट भएको कम्पनीसँग ठेक्का सम्झौता भएपछि आउँदो साउनदेखि पाँच वर्षसम्म सुक्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालनको काम गर्न पाउने समितिले जनाएको छ । यसअघि पनि प्रिस्टिन मेगा कम्पनीले तीन अर्ब ३३ करोड लागतमा पाँच वर्षका लागि सुक्खा बन्दरगाह व्यवस्थापन र सञ्चालनको ठेक्का प्राप्त गरेको थियो ।

वीरगञ्जको सिर्सियामा सन् २००० मा विश्व बैंकको ऋण सहयोगमा ८२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सुक्खा बन्दरगाह ५७ बिघा क्षेत्रफलमा फैलिएको छ । यो बन्दरगाहमा कार्गाे रेलबाट मात्रै मालसमान ल्याउने गरिन्छ । भारत सरकारको २० करोड रुपैयाँ लागतमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क निर्माण गरिएको छ ।

वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा ३२ अर्ब ३२ करोड रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily