Aadarsh-Daily

आईपीएल क्रिकेटमा गुजरातले बेङ्गलुरुलाई ८ विकेटले हरायो

ad-4p

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

content ad p2

बेङ्गलुरुमा हिजो भएको खेलमा गुजरात ८ विकेटले विजयी भएको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍याे ।

गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

content left

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने दोस्रोमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

यस्तै तेस्रो खेलमा पहिलो हार बेहोरेको बेङ्गलुरु ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बेङ्गलुरुले यसअघि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily