Aadarsh-Daily

अमेरिकामा टिकटकमाथि प्रतिबन्धको म्याद ७५ दिन थप

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक गैर–चिनियाँ कम्पनीलाई बेच्न वा अमेरिकामा प्रतिबन्धित हुने जोखिम लिन थप ७५ दिनको म्याद दिने बताउनुभएको छ । आफ्नो प्रशासन टिकटकलाई बचाउने सम्झौतामा धेरै कडा परिश्रम गरिरहेको उहाँको दाबी छ ।

content ad p2
content left

उहाँले सबै आवश्यक अनुमोदनहरूमा हस्ताक्षर भएको सुनिश्चित गर्न सम्झौतामा थप काम आवश्यक रहेको र टिकटकलाई थप ७५ दिनसम्म सञ्चालनमा राख्न कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०२४ को अप्रिलमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले बाइटडान्सलाई टिकटक बेच्न २ सय ७० दिनको समय दिने कानूनमा हस्ताक्षर गर्नुभएको थियो ।

गएको जनवरी २० मा पदभार ग्रहण गर्नुभएका ट्रम्पले टिकटक प्रतिबन्धलाई ७५ दिन ढिलाइ गर्न कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily