
खाल्डोमा जमेको पानीमा डुबेर पर्साका दुईजना बालीको ज्यान गरेको छ । जिल्लाको पर्सगढी नगरपलिका वडा नम्बर ५ बहुअर्वाका रुस्तम मियाँकी ५ बर्षीय छोरी नेहा खातुन र मुखतार मियाँकी ४ बर्षीय छोरी आसिया खातुनको डुबेर ज्यान गएको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलिका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर २ का सन्तोष साहले सञ्चालन गरेको ईट्टा भट्टा नजिकैको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका ति दुई बालीको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
डुबेर अचेत भएका दुबैजनालाई स्थानीयहरूले उद्धार गरी अस्पताल पुर्याउदा चिकित्सले मृत घोषित गरेको हो ।

