Aadarsh-Daily

रौतहटमा कारको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु

ad-4p

रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम लच्का नजिक आइतबार कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । घटनापछि प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।

content ad p2

दुर्घटनामा गरुडा नगरपालिका–३ मलाहिटोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिलादेवी सहनीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

content left

घरबाट निजगढतर्फ गइरहेको अवस्थामा सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई हेटौंडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले लच्कानजिक बिहान ठक्कर दिएको थियो । दुर्घटनामा सख्त घाइते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बलिरामको हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी राजकुमार राईले बताए । ठक्कर दिने कार र चालक हेटौंडा उपमहानगरपालिका–१२ का कुमार पोख्रेललाई नियन्त्रणमा लिएको डीएसपी राईले बताए । उर्मिलादेवीलाई थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनायो ।

मृतक बाबुछोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily