Aadarsh-Daily

रक्सौलमा चार संदिग्ध चिनियाँ नागरिक पक्राउ

ad-4p

नेपाल–भारत सीमामा सुरक्षा कडाइसँगै चारजना संदिग्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिईएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।

content ad p2
content left

नियन्त्रणमा लिईएका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् । हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका छन्। सुरक्षा एजेन्सीका अनुसार उनीहरूको पाकिस्तानसँग सम्बन्ध रहेको संकेत देखिएको छ। ती व्यक्ति पाकिस्तानमा रहेका एक व्यक्तिसँग सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताइएको छ।

सुरक्षा स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन अझै स्पष्ट भएको छैन। सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन्। हाल ती चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको छ।

भारतले कश्मिरको पाकिस्तान अधिनस्थक्षेत्रमा चलाएको ‘अपररेशन सिन्दूर’ पछि रक्सौल सीमा क्षेत्रमा रेड अलर्ट जारी गरिएको थियो। त्यसैका कारण नेपालबाट भारत प्रवेश गर्ने वा बाहिरिने व्यक्तिहरूको कडाइका साथ चेकजाँच भइरहेको छ। पहिचान पत्रहरूको गहिरो अध्ययन गरी सीमामा अवैध गतिविधि रोक्न विशेष सुरक्षा रणनीति अपनाइएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily