Aadarsh-Daily

बजेट आकारमा ६.२ प्रतिशत वृद्धि, नयाँ आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब विनियोजन

ad-4p

आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। यो गत आर्थिक वर्षको तुलनामा ६ दशमलव २ प्रतिशतले बढी हो।

content ad p2
content left

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै चालू आर्थिक वर्षको आवश्यकताअनुसार विनियोजन गरिएको जानकारी दिनुभयो।
बजेटमा सामाजिक सुरक्षा, कृषि आधुनिकीकरण, पूर्वाधार विकास, रोजगारी सिर्जना र सुशासन प्राथमिकतामा परेको उल्लेख गरिएको छ।

बजेटले चालु खर्च, पुँजीगत लगानी र वित्तीय व्यवस्थापनलाई सन्तुलनमा राख्ने प्रयास गरिएको दाबी गरिएको छ। सरकारले राजस्वबाट १२ खर्ब ६० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ भने बाँकी रकम वैदेशिक ऋण र आन्तरिक ऋणबाट व्यवस्थापन गरिनेछ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily