Aadarsh-Daily

वीरगञ्ज आदर्शनगरको गोदाममा छापा – १३ लाख बराबरको चोरी पैठारी सामान बरामद

ad-4p

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्सा अन्तर्गत प्र.सि.सु. गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वीरगञ्ज–१० स्थित आदर्शनगरमा चोरी पैठारी गरिएका सामानहरू बरामद गरेको छ।

content ad p2

विशेष सूचनाको आधारमा जय बजरंगबली ट्रान्सपोर्टको गोदाममा छापा मार्दा भारतबाट भन्सार छली गरी ल्याइएका कपडा, चिनी, मरिच र चकलेट जस्ता सामग्री फेला परेका छन्।

बरामद गरिएका ती सामग्रीहरूको अनुमानित मूल्य करिब १३ लाख ३ हजार ६ सय रुपैयाँ रहेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो।

content left

बरामद गरिएका सबै सामानहरूलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पनि जानकारी दिइएको छ।

सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हात पारिरहेको छ।

विशेषगरी रातको समयमा सक्रिय हुने तस्करी रोक्न सशस्त्र प्रहरीले रात्री गस्तीलाई थप सशक्त बनाएको छ। पिकअप गाडी र पैदल भरियामार्फत हुने चोरी पैठारी नियन्त्रणका लागि २४ सै घण्टा सुरक्षाकर्मीहरू खटाइएको अधिकारीहरूले जनाएका छन्।

सशस्त्र प्रहरीका अनुसार सीमाक्षेत्रमा जनसंख्या न्यून, कानुनी डर कम र रातको सुविधा भएका कारण तस्करीका गतिविधि बढ्दै गएका छन्। यस्तो अवस्था न्यूनीकरण गर्न निगरानी अझ कडाईका साथ बढाइएको समेत प्रस्टाइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily