Aadarsh-Daily

रुस–युक्रेन सिमानामा रेल दुर्घटना, सात जनाको मृत्यु

ad-4p

मस्को — रुसको ब्रायान्स्क क्षेत्रमा यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

content ad p2
content left

ब्रायान्स्क युक्रेनसँग सीमा जोडिएको क्षेत्र हो। क्लिमोभबाट मस्कोतर्फ गइरहेको रेल भायगोनिची गाउँ नजिकै रेल पुल भत्किएर लिकबाट बाहिरिएपछि दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा रेल चालकको पनि ज्यान गएको छ। घाइतेहरूको उद्धार भइरहेको छ भने भायगोनिचीको एक विद्यालयमा आपतकालीन आवासको व्यवस्था गरिएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily