
विश्व वातावरण दिवस–२०८२ को अवसरमा वीरगंज महानगरपालिका–१७ स्थित सुख्खा बन्दरगाह (आईसीपी) टर्निङ क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भारतको महावाणिज्य दूतावास वीरगंज, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र (आदर्शनगर–१०), राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति (भरतपुर, चितवन) तथा वीरगंज महानगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि भारतको महावाणिज्य दूतावास वीरगंजका प्रमुख डी.एस. मीना थिए भने अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थिए।
प्राकृतिक वातावरण संरक्षण र हरियाली प्रवर्द्धनको सन्देश दिन आयोजित कार्यक्रममा विभिन्न जातका करिब ३५० बिरुवा रोपिएको आयोजकहरूले जानकारी दिएका छन्। कार्यक्रम बिहान ७:४५ मा सुरु भई ८:३० बजेसम्म सञ्चालन गरिएको थियो।

