Aadarsh-Daily

मोटरसाइकल आपसमा ठोकिँदा बाबुछोरासहित तीनजनाको मृत्यु

ad-4p

सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बाबुछोरासहित तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

content ad p2

शनिबार बिहान को ३३ प ९६०५ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०५६ प ५८६४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

content left

दुर्घटनामा इनर्चन चौधरी (३४), उनका नौ वर्षीय छोरा प्रनिष चौधरी र अर्का मोटरसाइकल चालक बिन्दु यादव (५१) को ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते दुई जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily