Aadarsh-Daily

नेपालको चौथो जित : भूटानलाई २९८ रनले पराजित गर्दै सेमिफाइनलमा प्रवेश

ad-4p

एसीसी १६ वर्षमुनि इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाल अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

content ad p2

मलेशियाको सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा मंगलबार सम्पन्न समूह ‘ए’ अन्तर्गत अन्तिम खेलमा नेपालले भूटानलाई एकतर्फी प्रदर्शन गर्दै २ सय ९८ रनले पराजित गरेको हो।

पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ५८ रनको विशाल योगफल खडा गर्‍यो। नेपालका ओपनर रौनक श्रीवास्तवले उत्कृष्ट शतक प्रहार गर्दै १ सय ३२ बलमा १ सय ६८ रन बनाए। उनी प्लेयर अफ द म्याच घोषित भए। त्यस्तै, जोय थापा ६१ रनमा अविजित रहे भने शिवांश बजगाइँले ५४ रनको योगदान दिए।

content left

जवाफी ब्याटिङमा उत्रिएको भूटान ३२ ओभर ४ बलमै ६० रनमा समेटिएको थियो। भूटानका अन्तिम ब्याटर ब्याटिङ गर्न क्रिजमा नआएपछि टोली अलआउट घोषित भयो। नेपालका कप्तान विपिनप्रसाद शर्माले ४ विकेट लिँदा, सुयोग भट्टराई र सचिन भट्टले २/२ विकेट लिए।

नेपाल यसअघि सिंगापुरलाई ६ विकेट, जापानलाई ९ विकेट र इन्डोनेसियालाई ३ सय ७० रनले हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो।

समूह ‘बी’ मा हङकङ पहिलो र आयोजक मलेशिया दोस्रो भएका छन्।

अब सेमिफाइनलमा नेपालले मलेशियासँग र हङकङले सिङ्गापुरसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेल पर्सि बिहीबार हुनेछ भने उपाधि भिडन्त आउँदो शनिबार तय गरिएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily