Aadarsh-Daily

मिटरब्याजको चपेटामा खातुन : अदालतको आदेशमा घरबाट निकालिएपछि सडकमा जीवन

ad-4p

पर्सा — पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ की लालमुनी खातुन मिटरब्याजको पासोमा परेपछि अहिले घरविहीन बनेकी छन्। वर्षौँअघि दुई लाख रुपैयाँ ऋण लिएकी खातुनको उधारो रकम ब्याजसहित सात लाख पुगेपछि मिटरब्याजी साहुले प्रहरीको सहयोगमा अदालतको आदेश देखाएर उनको घर खाली गराएका हुन्।

content ad p2

पीडित खातुनका श्रीमान भारतको मुम्बईमा श्रमिकका रूपमा कार्यरत छन्। उनी विदेशमा रहँदा परिवारको जानकारीविना स्थानीय साहुले जबरजस्ती घरबाट निकालेर घरभित्रको सम्पूर्ण सामग्री सडकमा छरपस्ट बनाइदिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

content left

उक्त घटनाले न केवल मिटरब्याजको नाममा गरिने अमानवीय व्यवहारलाई उजागर गरेको छ, बरु राज्यको न्यायिक संवेदनशीलता र आम नागरिकको सुरक्षाप्रति गम्भीर प्रश्न पनि उठाएको छ।

घटनापछि स्थानीय बासिन्दा र सामाजिक अभियन्ताहरूले पीडित खातुनको पक्षमा आवाज उठाएका छन्। उनीहरूले लालमुनी खातुनको तत्काल पुनःस्थापना तथा मिटरब्याजी साहुका विरुद्ध छानबिन र कारबाहीको माग गरेका छन्।

“यो न्याय हो कि अन्याय ?” स्थानीयको प्रश्न छ — “एक महिला, जसको श्रीमान विदेशमा छन्, उनलाई बिना जानकारी, अदालतको आदेश भन्दै प्रहरीको सहयोगमा जबरजस्ती घरनिकाला गर्नु कत्तिको मानवीय हो ?”

यस घटनाले अझै पनि ग्रामीण क्षेत्रमा सर्वसाधारण कसरी मिटरब्याजको फन्दामा फँसिरहेका छन् भन्ने यथार्थ देखाएको छ। पीडित खातुनको पुनर्स्थापना र मिटरब्याज प्रणालीको दिगो समाधानका लागि राज्यले तुरुन्त हस्तक्षेप गर्नुपर्ने स्थानीयवासीको माग छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily