Aadarsh-Daily

मोटरसाइकल चोरीमा संलग्न बाराका ३ जना पक्राउ 

ad-4p

बारामा मोटरसाइकल चोरीमा संलग्न गिरोहको पर्दाफास भएको छ । इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको टोलीले चोरीमा संलग्न ३ जनालाई पक्राउ गर्दै ५ वटा मोटरसाइकल बरामद गरेको छ ।

content ad p2
content left

बरामद मोटरसाइकलहरूमा होण्डाको शाइन, टीभीएस कम्पनीको कालो आरटीआर २००, बजाज पल्सर २२०, र टीभीएसकै दुई वटा स्ट्राइकर मोटरसाइकलहरू रहेका छन् ।

पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका–१ का १९ वर्षीय राहुल बिक, २२ वर्षीय अर्जुन चौधरी र २३ वर्षीय मुकुन्द चौधरी छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको र जिल्ला अदालतबाट म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily