Aadarsh-Daily

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

ad-4p

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ ।

content ad p2

बाराको सुवर्ण गाउँपालिका-२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डा. जितेन्द्र यादवले बताए ।

content left

यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए । २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए ।

उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनका २ छोरा, २ छोरी र श्रीमती छन् । यादवको अन्तिम संस्कार आजै गाउँमा गरिने परिवारले जनाएको छ ।

उनकाे दाहसंस्कार स्थायी बसाेवास कवही गाउँमै दिउँसाे १ बजे गरिने उनका छाेरा डा. यादवले बताए । पत्राकारको भाषामा लेख्नु

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily