Aadarsh-Daily

नेपाल–भारत सीमामा प्रहरी र तस्करबीच झडप, ६ सशस्त्र प्रहरी घाइते

ad-4p

मधेस प्रदेशको धनुषा जिल्लास्थित नेपाल–भारत सीमामा तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप हुँदा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्।

content ad p2

घटना बिहीबार साँझ ७ बजेतिर विदेह नगरपालिका–२ को सीमावर्ती क्षेत्रमा भएको हो। सीमा क्षेत्र हुँदै तस्करीको सामान ल्याइएको सूचना पाएपछि सशस्त्र प्रहरीको टोली जाँचका लागि पुगेको थियो। टोली त्यहाँ पुग्नेबित्तिकै तस्करहरूको समूहले ढुंगामुढा आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए।

content left

झडपमा परी घाइते भएका सुरक्षाकर्मीहरूको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

डिएसपी सिंहका अनुसार, झडप नियन्त्रणमा लिन सुरक्षाकर्मीले ४ राउन्ड हवाई फायर र १३ सेल अश्रुग्याँस प्रहार गर्नुपरेको थियो।

झडपमा तस्कर समूहका कोही घाइते भए वा केही सामान बरामद भयो भन्ने विवरण भने प्राप्त नभएको प्रहरीले जनाएको छ। सुरक्षालाई ध्यानमा राख्दै सीमावर्ती क्षेत्रमा थप प्रहरी परिचालन गरिएको बताइएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily