Aadarsh-Daily

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्पको आदेशमा अदालतको रोक

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता खारेज गर्न जारी गरेको कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरका सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले राष्ट्रव्यापी रूपमा रोक लगाएका छन्।

content ad p2
content left

न्यायाधीशले प्रारम्भिक अन्तरिम आदेश जारी गर्दै आदेश तत्काल लागू नगर्न निर्देशन दिएका हुन्। साथै, सामूहिक मुद्दा दर्ता गर्ने अनुमति पनि दिएका छन्। अदालतले सात दिनको रोक लगाउँदै सो अवधिमा अपील गर्न सकिने बताएको छ।

यो मुद्दाले अमेरिकी संविधानको १४औं संशोधनलाई केन्द्रमा ल्याएको छ, जसमा अमेरिका भित्र जन्मिएका सबैलाई नागरिक मानिने व्यवस्था गरिएको छ। तर ट्रम्प प्रशासनले “अधिकार क्षेत्रभित्र पर्ने” वाक्यांशको व्याख्या गर्दै सबैमा लागू नहुने दाबी गर्दै आएको छ।

विशेषज्ञहरूका अनुसार यो विवाद अन्ततः सर्वोच्च अदालत पुग्ने देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily