Aadarsh-Daily

सौर्य एअरलाइन्स दुर्घटनाको प्रतिवेदन सार्वजनिक

ad-4p

सौर्य एअरलाइन्सको नाइन–एन–एएमई–सीआरजे २०० जहाज दुर्घटनासम्बन्धी जाँचबुझ गर्न गठन गरिएको आयोगले आफ्नो अन्तिम प्रतिवेदन सरकारलाई बुझाएको छ।

content ad p2

आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनले पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो।

content left

मन्त्री पाण्डेले कुनै मुलाहिजा नराखी आएको प्रतिवेदनलाई यथाशक्य चाँडै कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्रालयले आयोगको प्रतिवेदन आजै आफ्नै वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

साउन ९ गते मर्मतका लागि काठमाडौंबाट पोखरातर्फ उडेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनामा परेको थियो। दुर्घटनामा १८ जनाको ज्यान गएको थियो भने पाइलट मनीष शाक्य भने सकुशल रहनुभएको थियो।

दुर्घटनापछि सरकारले रतिशचन्द्रलाल सुमनको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदनमा दुर्घटनाको कारण, सावधानीका उपाय र भविष्यमा यस्ता दुर्घटना नदोहरियोस् भन्नका लागि सुझावहरू समावेश छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily