Aadarsh-Daily

कमिशनको चपेटामा विकास– मन्त्री जयसवाल फेरि विवादमा

ad-4p

पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित ऐतिहासिक धार्मिक स्थल दुधेश्वरनाथ (भाठा मन्दिर) को निर्माण कार्यमा समेत मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रमोद जयसवालमाथि कमिसनको आरोप लागेको छ।

content ad p2

भाठा मेला समितिका अध्यक्ष गेनालाल पटेलले आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्री जयसवालले ठेकेदारमार्फत कमिसन मागेको दाबी गरेका हुन्। उनका अनुसार, “काम ल्याउन पाँच लाख खर्च भएको छ, त्यसैले पाँच लाख दिनुपर्छ भनेका थिए। पछि ठेकेदार राजेश पटेलमार्फत मन्त्रीलाई सम्पर्क गर्दा उनले ‘पाँच लाख होइन, तीन लाख दिनुस्’ भनेका थिए। त्यसपछि समितिका सदस्य बासदेव दास थारुमार्फत तीन लाख रुपैयाँको चेक दिइयो र मात्र काम सुरु भयो।”

content left

अध्यक्ष पटेलले समितिका २० भन्दा बढी सदस्यहरूको सामु उक्त घटनाक्रम भएको भन्दै सबैजना त्यसका साक्षी रहेको बताएका छन्। कमिशन रकम नपाएसम्म ठेकेदारले काम अगाडि नबढाएकोसमेत उनले बताए।

यसअघि पनि मन्त्री जयसवालमाथि विभिन्न योजनामा कमिसन लिएर ठेक्का दिने गरेको आरोप लाग्दै आएको थियो। नेकपा एमालेको मधेश प्रदेश स्तरीय बैठकमा उपाध्यक्ष बिचारी यादवले समेत मन्त्री जयसवालको राजीनामा माग गर्दै सार्वजनिक रूपमा उनको आलोचना गरेका थिए।

जयसवालमाथि ३ देखि ५ प्रतिशत कमिसनमा योजना बेच्ने, कमिसन नपाए बजेट विनियोजन नगर्ने जस्ता गम्भीर आरोपहरू लाग्दै आएका छन्, जसले अब पुष्टि हुने चरणमा पुगेको जनाइएको छ।

सरकारको विकास कार्यमा पारदर्शिता, जवाफदेहिता र सुशासन अनिवार्य हुने हुँदा नागरिक समाज, स्थानीयवासी तथा विभिन्न संघसंस्थाहरूले यस्ता गम्भीर आरोपको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिरहेका छन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily