Aadarsh-Daily

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश

ad-4p

ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जाएर बोल्सोनारोलाई घरमै नजरबन्द गर्न आदेश दिएको छ । पूर्वराष्ट्रपति बोल्सोनारोमाथि ‘कु’ अर्थात् सत्ता उल्ट्याउने षड्यन्त्र गरेको आरोपमा मुद्दा चलिरहेको छ । यद्दपि उहाँले यो आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ ।

content ad p2
content left

न्यायाधीश अलेक्जान्ड्रे डे मोरेसले बोल्सोनारोले गएको महिना आफूमाथि लागेको प्रतिबन्ध पालना नगरेकाले यो निर्णय गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

पूर्वराष्ट्रपति बोल्सोनारोको कानूनी टोलीले प्रतिबन्ध उल्लङ्घन गरेको कुरा अस्वीकार गर्दै अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

यसैबीच पूर्वराष्ट्रपति नजरबन्दमा राख्ने ब्राजिलको सर्वोच्च अदालतको आदेशको अमेरिकाले निन्दा गरेको छ । सामाजिक सञ्जाल ‘एक्स’ मा अमेरिकी विदेश मन्त्रालयले न्यायाधीश मोरेसमाथि विपक्षीलाई मौन पार्न र लोकतन्त्रलाई धम्की दिन ब्राजिलका संस्थाहरू प्रयोग गरेको आरोप लगाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily