Aadarsh-Daily

शवबाट मासु र हड्डी निकालेको आरोमा पशुपति आर्यघाटमा शव जलाउने ब्राह्मण पक्राउ

ad-4p

पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

content ad p2
content left

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति आर्यघाटमा शव जलाउने काम गर्ने ब्राह्मण हुन्। उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुलदीप चन्दले यसबारे पुष्टि गरेका छन्।

काभ्रेको बनेपा नगरपालिका-९ का राम शाही नाम गरेका व्यक्तिको शवबाट मासु र हड्डी निकालिएको भन्दै उनका आफन्तले उजुरी दिएका थिए। आफन्तको निवेदनपछि उक्त ब्राह्मणलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र मासु तथा हड्डी बेच्ने गरेको आरोप लागे पनि किन्ने को हो र कतिमा बेचे भन्ने विषयमा अहिलेसम्म कुनै स्पष्ट प्रमाण फेला नपरेको बताए। त्यसकारण अहिलेसम्म आरोप पुष्टि हुने खालका प्रमाणहरू नरहेको पनि जानकारी दिइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily