Aadarsh-Daily

मधेस प्रदेशमा लम्पीस्किन रोग तीव्र, वीरगन्जमा पनि संक्रमण पुष्टि

ad-4p

मधेस प्रदेशमा पछिल्ला दिनमा चौपायामा लम्पीस्किन रोगको संक्रमण तीव्र बनेको छ। प्रदेशको कृषि मन्त्रालयका अनुसार हालसम्म ५२ हजार ६८६ पशु संक्रमित भएका छन्, जसमा २३ हजार ७०९ निको भइसकेका छन् र १७९ मरेका छन्।

content ad p2
content left

पर्सा जिल्लामा १७९ चौपायामा संक्रमण भेटिएको छ, जसमा एकको मृत्यु भएको छ। वीरगन्ज महानगरका १० वडामा पनि रोग पुष्टि भएपछि मेयर राजेशमान सिंहको निर्देशनमा संयुक्त टोलीले बुधबार विभिन्न पशुपालन फार्ममा निरीक्षण गरेको हो।

पशु सेवा शाखाका प्रमुख डा. सुदीपकुमार शर्माका अनुसार संक्रमित वडामा उपचार टोली, औषधि सेवा, अग्रिम खोप र किसान सचेतना कार्यक्रम सुरु गरिएको छ। किसानलाई संक्रमित जनावर अलग राख्न, लक्षण देखिएपछि तत्काल जानकारी दिन र सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।

महानगरले गाई–भैंसीको अनावश्यक ओसारपसार नगर्न र लक्षण देखिएमा पशु सेवा शाखा वा डा. शर्मा (९८४४२२५९०२) वा सन्तोष ठाकुर (९८४५०९७३८७) लाई सम्पर्क गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily