Aadarsh-Daily

कुवेतमा विषाक्त मदिरा सेवनबाट चार दिनमै ११ नेपालीको मृत्यु, १५ जना आइसियूमा

ad-4p

कुवेतमा विषाक्त मदिरा सेवनका कारण थप दुई नेपाली कामदारको मृत्यु भएको छ। यससँगै पछिल्लो चार दिनमा मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ।

content ad p2

मंगलबारसम्म विषाक्त मदिरा सेवनबाट बिरामी परेकामध्ये ४० जना अझै उपचाररत छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेकाले आइसियूमा उपचार भइरहेको कुवेतस्थित नेपाली दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यले जानकारी दिए।

content left

‘मृतकहरूको मेडिकल रिपोर्ट आउने क्रममा छ, कतिपय प्राप्त भइसकेका छन्। प्राप्त रिपोर्टका आधारमा परिवारसँग सम्पर्क भइरहेको छ,’ आचार्यले टेलिफोनमार्फत बताए। उनका अनुसार अस्पतालमा जाने र डिस्चार्ज हुने क्रम जारी रहे पनि अहिले ४० जना अझै उपचाररत छन्।

यसअघि कुवेतको स्वास्थ्य मन्त्रालयले विषाक्त मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु र १६० जना अस्पतालमा भर्ना भएको सार्वजनिक गरेको थियो। पीडितमध्ये धेरैको मृगौलामा गम्भीर समस्या देखिएको जनाइएको छ।

कुवेतमा मदिरा प्रतिबन्धित छ र सेवन वा बिक्री गर्ने दुवैलाई कानुनी कारबाही गरिँदै आएको छ। कुवेतका सरकारी अधिकारीका अनुसार अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनकै कारण नेपालीसहितको मृत्यु भएको हो।

हाल कुवेतमा एक लाख ६० हजारभन्दा बढी नेपाली कामदार रहेका छन्। नेपाली दूतावासले बारम्बार सूचना जारी गर्दै नेपाली कामदारलाई मदिरा सेवन नगर्न आग्रह गर्दै आएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily