Aadarsh-Daily

गाँजा व्यापारमा संलग्न ५५ वर्षीय पुरुष पक्राउ

ad-4p

रौतहटको गुजरा नगरपालिका–२ निवासी ५५ वर्षीय गोपालबहादुर थिङलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको छ ।

content ad p2
content left

जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार थिङले आफ्नै घरमा गाँजा खरिद–बिक्री गर्दै आएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी रंगपुर र इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको संयुक्त टोलीले खानतलासी गर्दा करिब साढे ३ किलो गाँजा बरामद भएको हो ।

त्यसैगरी प्रहरीले घरभित्रबाट ७८ हजार नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ पनि फेला पारेको छ । पक्राउ परेका थिङलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily