Aadarsh-Daily

वीरगञ्जमा हैजा समुदायस्तरमै फैलियो, महानगर नियन्त्रणमा सक्रिय

ad-4p

पर्साको वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको पुष्टि भएपछि वीरगञ्ज महानगरपालिका नियन्त्रण र रोकथाममा तिव्र गतिमा जुटेको छ।

content ad p2

शुक्रबार राति वडा नं. १२ (मुर्ली टोल) मा संक्रमण देखिएपछि रातिदेखि नै स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। शनिबारसम्म आइपुग्दा संक्रमण वडा नं. ११, १३ र १६ सम्म फैलिएको पुष्टि भएको छ।

शनिबार महानगरले यहाँका अस्पताल सञ्चालकहरूसँग बैठक गरी संक्रमण नियन्त्रणमा थप सतर्कता अपनाउन आग्रह गरेको छ। महानगर प्रमुख राजेशमान सिंहले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित राख्न सबै जनशक्ति, साधन र स्रोत परिचालन गर्ने निर्देशन दिँदै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए।

content left

महानगरले ३२ वटै वडाका स्वास्थ्यकर्मीलाई बोलाएर संक्रमित क्षेत्रमा प्राथमिकताका आधारमा परिचालन गरेको छ। आकस्मिक अवस्थाका लागि औषधि, स्वास्थ्यकर्मी, एम्बुलेन्सलगायतका साधन स्ट्यान्डबाइमा राखिएका छन्।

हाल महानगरको १ देखि १६ नं. वडासम्मलाई बढी जोखिमयुक्त क्षेत्र मानिएको छ। त्यहाँ स्वास्थ्य टोली घर–घर पुगेर सचेतना फैलाउने, सरसफाइमा जोड दिने र उपचारमा ल्याउने कार्य भइरहेको छ। यससँगै हेल्प डेस्क र सूचना केन्द्र स्थापना गरेर हैजासम्बन्धी जानकारी, उपचार समन्वय र आपतकालीन सम्पर्क सुविधा दिने व्यवस्था मिलाइएको छ।

विशेष गरी मुर्ली टोलका करिब ३० जनामा झाडापखालाका लक्षण देखिएपछि तराई अस्पतालमा भर्ना गरिएको थियो। परीक्षणका क्रममा तीन जनामा हैजाको जीवाणु भिब्रियो कोलेरा पुष्टि भएको हो। शनिबारसम्म झाडापखालाका कारण तीन जनाको मृत्यु भएको जानकारी आएको छ, तर ती मृत्यु हैजाकै कारण भएको वा नभएको पुष्टि हुन बाँकी छ।

विशेषज्ञहरूले दूषित पानी र खाना सेवनबाट हैजा फैलिने भन्दै सरसफाइमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन्। हाल वीरगञ्जका बस्तीमा ढल र खानेपानी मिसिने समस्या देखिएकाले महामारी फैलिएको अनुमान गरिएको छ।

महानगरले प्रभावित क्षेत्रमा खानेपानीमा क्लोरिन हाल्ने, उमालेर मात्र खाने, र सफा खानेपानी प्रयोग गर्ने आग्रह गरेको छ। स्वास्थ्यकर्मीहरूले हात धुने बानी, पकाएर मात्र खाने, र व्यक्तिगत सरसफाइमा ध्यान दिन जनतालाई निरन्तर सचेत गराइरहेका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily