Aadarsh-Daily

राज्य व्यवस्था समितिको सभापतिका लागि आज मनोनयन दर्ता

ad-4p

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ ।

content ad p2

समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्न सकिन्छ । मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तय गरिएको छ । सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि चयन गर्ने तालिका छ ।

content left

राज्य व्यवस्था समितिको सभापति पद गएको साउन २८ गतेदेखि खाली छ । तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि पद रिक्त भएको हो ।

निजामती विधेयकमा समावेश कुलिङ पिरियड सम्बन्धमा भएको छेडखानीबारे छानबिन गर्न गठित जीवन परियार नेतृत्वको समितिले निवर्तमान सभापति खतिवडा र समितिका सचिव सुरजकुमार दुरालाई मुख्य नैतिक जिम्मेवार ठहर्‍याएको थियो । त्यसलगत्तै खतिवडाले राजीनामा दिनुभएको थियो ।

सभापतिका लागि एक जनाको मात्रै उम्मेदवारी परे सर्वसम्मत चयन हुनेछ । सत्तापक्षले कांग्रेसका उम्मेदरलाई समर्थन गर्ने भएका छन् । प्रतिपक्षले यसबारे आधिकारिक निर्णय गरिसकेका छैनन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily