Aadarsh-Daily

देशभरका निजी विद्यालय सञ्चालकहरूले भदौं १८ देखि आन्दोलन चर्काउने घोषणा

ad-4p

वीरगन्जसहित देशभरका निजी तथा आवासीय विद्यालयका सञ्चालकहरूले शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आन्दोलनलाई थप चर्काउने भएका छन्।

content ad p2
content left

प्याब्सन, एन प्याब्सन, हिसान, अपेन, एनएमए लगायतका शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरूले ५ बुँदे माग राख्दै संयुक्त आन्दोलन जारी राख्ने घोषणा गरेका हुन्। संयुक्त विज्ञप्तिअनुसार भोलि (शुक्रबार)देखि भदौं १८ गतेसम्म चरणबद्ध आन्दोलन सञ्चालन हुने छ।

आन्दोलन अन्तर्गत विद्यालयहरूमा आन्तरिक छलफल र अभिभावकसँग परामर्श, निजी विद्यालय आंशिक बन्द, र माग सम्बोधन नभए भदौं १८ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्द गर्ने कार्यक्रम तय गरिएको छ।

यसैबीच वीरगन्जमा रहेका निजी विद्यालयका सञ्चालकहरूले बिहीबार विरोध र्याली निकालेका छन्। र्याली नगरपरिक्रमा गरी, त्यसपछि कोणसभा समेत आयोजना गरिएको थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily